ललितपुर महानगरले चलायो अनधिकृत बस्तीमा डोजर
काठमाडौँ- ललितपुर महानगरपालिकाले अनधिकृत बस्तीमा डोजर चलाएको छ।
बिहीबार नगर प्रहरी बलले चापागाउँ दोबाटो मोडस्थित चार वटा संरचनामाथि डोजर चलाएको नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथूले जानकारी दिए।
उनका अनुसार उक्त स्थानमा वर्षौंदेखि बसोबास हुँदै आएको थियो। तर चक्रपथ विस्तार हुँदा अन्य ठाउँ खाली गरेता पनि उक्त ठाउँ खाली गर्न सकिएको थिएन।
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१ १३:३३
प्रतिक्रिया दिनुहोस्