Nic Ad Nic Ad
Nic Ad Nic Ad

रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइँदै

बिहीबार, साउन १७, २०८१

पाटन– वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिएको जानकारी अनुसार ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा  रथलाई तानेर आज जावलाखेल पुर्‍याइनेछ । 

सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन् । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत बाजा , झाँकि सहित रातो मछिन्द्रनाथको रथ तानिने जानकारी दिए। उनले भने, ‘परम्परागत जात्रा, पर्व , धर्म संस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको छ ।’

आज दिउँसो ४ बजेपछि रथ तान्न सुरु हुने जनाइएको छ । गुठी संस्थान प्रमुख आचार्यले भने ‘रथ तान्ने सबै तयारी भइसकेको छ, बाजागाजासहित जावलाखेल पुर्‍याइएको चार दिनपछि  राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ ।’

गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गर्ने गरिन्छ । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्