Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीआरसीमा भएको सहमतिले नेपालको शान्ति प्रक्रिया विश्वमा स्थापित हुन्छ : जनार्दन शर्मा

बिहीबार, साउन १७, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि नेपालको शान्ति प्रक्रिया विश्वव्यापीरुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

प्रमुख तीन दलबीच टीआरसीमा सहमति भएपछि कार्यदलको सदस्य समेत रहेका शर्माले बृहत् शान्ति सम्झौता भएको १७ वर्ष ८ महिना ११ दिनको अवधिमा संविधान निर्माण, सेना समायोजन लगायतका कामहरू सम्पन्न भइसकेको बताएका छन्। उनले भनेका छन्, ‘त्यसमध्ये द्वन्द्व पीडितहरूलाई न्याय, परिपूरण र मेलमिलाप गर्ने कार्य ढिलाइ भइरहेको थियो। अदालतको आदेश बमोजिम टीआरसी विधेयक संशोधनको लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा गृहमन्त्री रमेश लेखक, महेश बर्तौँला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला सबै पक्ष र विज्ञहरूको सल्लाह, सुझाव र सहयोग समेत लिई संशोधन गर्न सहमति हुन नसकेका सबै विषयहरू टुंगोमा पुर्‍याउन, समिति लागि सहजीकरण गर्न सफल भएका छौँ।’

उनले नेपालको शान्ति प्रक्रियाको बाँकी कार्यभार छिटो पूरा भई नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने बताए।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्