Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट शाक्य डिस्चार्ज, पत्रकारसँग बोल्न प्राधिकरणले किन लगायो रोक?

बिहीबार, साउन १७, २०८१

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सबाट बाँचेका पाइलट क्याप्टेन मनिषरत्न शाक्य काठमाडौं मेडिकल कलेजबाट डिस्चार्ज भएका छन्। 

उनको स्वास्थ्योपचार जारी राखिए पनि अस्पतालमा नै राख्नुपर्ने नभएका कारण डिस्चार्ज गरिएको हो। अस्पताल स्रोतका अनुसार उनको नियमित उपचार भने घरमा नै हुनेछ। 

१८ जनाको ज्यान जानेगरी भएको जहाज दुर्घटनामा शाक्य भने जोगिएका थिए। १९ जनामा शाक्यबाहेक अन्य सबैको मृत्यु भयो। उनले पत्रकार सम्मेलन गरी दुर्घटनाका विषयमा बोल्ने कार्यक्रमको पूर्वतयारी गरिएको थियो। 

तर नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलनमा रोक लगाएको छ। विमान दुर्घटनाको छानबिनका लागि समितिले काम गरिरहेका कारण प्रतिवेदन तयार नभएसम्म मिडियामा बोल्नका लागि शाक्यलाई रोक लगाइएको बताइएको छ।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्