Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत

बिहीबार, साउन १७, २०८१

काठमाडौँ- नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । 

आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्