Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाइल्याण्डमा हुने तय 

बिहीबार, साउन १७, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको प्रथम विदेश भ्रमण थाइल्याण्ड हुने देखिएको छ । आगामी भदौ तेस्रो सातामा थाइल्याण्डमा बिम्सटेक राष्ट्रहरूको शिखर सम्मेलनमा सदस्य राष्ट्रको कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्री ओली थाइल्याण्ड जाने भएका छन् ।

प्रधानमन्त्री भ्रमण तयारी परराष्ट्र मन्त्रालयले थालिसकेको बताइएको छ । थाइल्याण्डको अंग्रेजी अखबार बैंङकक पोस्टका अनुसार यही सेप्टेम्बर ४ र ५ मा बिम्सटेक शिखर सम्मेलन हुनेछ । उक्त सम्मेलन छैटौँ शिखर सम्मेलन हुनेछ ।


बिम्सटेकको स्थापना घोषणा भएको देश थाइल्याण्डमा हुने उक्त सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, थाइल्याण्ड सदस्य राष्ट्र छन् । सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्र जारी गरेर स्थापना भएको २७ वर्ष पुरानो बिम्सटेकमा नेपाल संस्थापक देश भने होइन । नेपाल सन् २००४ मा मात्रै बिम्सटेकमा प्रवेश भएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्