Nic Ad Nic Ad
Nic Ad Nic Ad

दलित अधिकारका लागि थप एकीकृत संघर्ष आवश्यक : अध्यक्ष दाहाल

बिहीबार, साउन १७, २०८१

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रूपमा संघर्ष गर्नुपर्ने बताएका छन् । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय सभाबाट पारित दलित अधिकारसम्बन्धी संकल्प प्रस्ताव सम्बन्धमा आयोजित छलफलमा बिहीबार अध्यक्ष दाहालले संविधानको धारा २४ र ४० मा उल्लेख भएका दलितसम्बन्धी अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।संविधानको धारा ४०, छुवाछूत तथा भेद्भाव विरुद्धको हकको (१) मा ‘कुनैपनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेद्भाव गरिने छैन’ भनिएको छ ।

राष्ट्रिय सभा सदस्य भुवन सुनारले संविधानको प्रस्तावनामै समानुपातिक समावेशिता व्यवस्था गरिएको सन्दर्भमा राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता सुनिश्चित गर्न माग गरे ।

संविधानमा मन्त्रिपरिषद्‌मा समावेशी सिद्धान्त बमोजिम मन्त्री रहने उल्लेख रहेको र धारा ४२ (१) मा सामाजिक रूपले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने व्यवस्था रहेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभा सदस्य सुनारको भनाइ छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्