Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्थानीय तहसम्म खेल पूर्वाधार विकास गर्नुपर्छ : मन्त्री चौधरी

बिहीबार, साउन १७, २०८१

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले संघ, प्रदेश र स्थानीय तहमा भलिबल कोर्ट बनाउन पहल गर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा सुरु भएको काभा वुमन्स नेसन्स कपको उद्घाटन गर्दै उनले देशभरि भलिबल खेलाडी उत्पादन गर्नुपर्ने बताए ।

 

‘मैले सुनेको छु, भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न छैन । यी सबै क्षेत्रमा खेलका लागि भौतिक संरचना हुनुपर्छ’, उनले भने ।

आफू हालै पेरि ओलम्पिकमा सहभागी हुँदा खेल पूर्वाधारको महत्त्व कति रहेछ भन्ने बुझेको मन्त्री चौधरीले बताए । विद्यालयमा प्राथमिक तहदेखि नै खेलकुदलाई महत्त्व दिने पनि उनले बताए ।

‘देशभरका विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ, यसका लागि म स्वास्थ्य र शिक्षा मन्त्रालयसँग पहल गरिरहेको छु’, मन्त्री चौधरीले भने ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्