Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

शुक्रबार, साउन १८, २०८१

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन्।  शुक्रबार अपराह्‍न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने छन् ।

सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता एवं मुख्यमन्त्री सोडारी गएको असार २० गतेदेखि अल्पमतमा छन् । तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।


सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर, केन्द्रमा कांग्रेससँग सत्ता गठबन्धन बनेसँगै एमालेले सरकार छोडेको थियो। 


 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्