पहिरोमा पुरिएर ज्यान गुमाएकाका परिवारलाई राहत रकम प्रदान
दमौली– शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट छ लाख राहत प्रदान गरिएको छ । यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक दुई लाखका दरले छ लाख प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान गुमाउने परिवारलाई दुई लाखका दरले राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको हो । गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई ५० हजारका दरले राहत रकम प्रदान गरिने उनले बताए।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ ०७:५५
प्रतिक्रिया दिनुहोस्