Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने बन्द कार्यशाला केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको सह प्रवक्ता मनिष झाले जानकारी दिए । 

साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला (क्लोज क्याम्प)सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज बिहान ७ बजेदेखि कार्यशाला सुरु गरिएको हो ।


कार्यशाला आज र भोलि गरी दुई दिन चल्नेछ। कार्यशालामा विचार, सङ्गठन, मूल्य-मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्