Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज यी जिल्लाका नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

शुक्रबार, साउन १८, २०८१

काठमाडौं - बाढी पुर्वानुमान महाशाखाले देशका केही साना तथा ठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरेको छ ।

सुनसरी, मोरङ, पाँचथर, धनकुटा, तेहथुम, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, बाजुरा, बझाङ, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुला भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ ।

त्यस्तै, इलाम, झापा, सिन्धुपाल्चोक, दोलखा, कास्की, लमजुङ र गोरखा भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बहाव बढ्नसक्ने भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्