Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानले निकाल्यो नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिद गर्न सूचना

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि सार्वजनिक सूचना निकालेको छ ।

अगस्ट १६ तारिखसम्मको समयसीमा दिएर शुक्रवार सार्वजनिक सूचना निकालेको हो । फ्रेन्चाइज खरिदका लागि चार वटा मापदण्ड तोकिएको छ ।

 

जसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने, भ्याटमा दर्ता र कर चुक्ता प्रमाणपत्र अद्यावधिक भएको हुनुपर्ने छ । विदेशी कम्पनीको हकमा भने नेपाली कम्पनीसँग साझेदारी गरेको हुनुपर्ने र कम्पनी र कम्पनीमा रहेका व्यक्तिहरू विगतमा कुनै आपराधिक संलग्नता नभएको हुनुपर्ने तोकिएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्