Nic Ad Nic Ad
Nic Ad Nic Ad

कक्षा १२ को नतिजा सार्वजनिक ,यस्तो छ हेर्ने तरिका (सूचनासहित)

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ -राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी थिए ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।  यसैबीच कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको प्रयोग गर्न आग्रह गरेको छ ।

 

टेलिकमले आज सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानो ठिमीले प्रकाशित गर्ने कक्षा १२ को नतिजा आईभीआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत् हेर्न सकिने बताएको हो ।

हेर्नुहोस् सूचना

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्