Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुग्ध किसानको बक्यौता रकम तिर्छौँ : कृषिमन्त्री अधिकारी

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मौज्दात दुग्ध पदार्थ सस्तोमा बिक्री गरेर भए पनि किसानको बक्यौता रकम तिर्ने बताएका छन् । डेरीले नगदमा दूध बेचे पनि किसानलाई उधारो राख्ने परिपाटी अन्त्य गर्न मन्त्रालयले गृहकार्य थालेको मन्त्री अधिकारीले बताए ।

असार मसान्तसम्म डीडीसीले किसानलाई तिर्नुपर्ने बक्यौता करिब १ अर्ब ४८ करोड थियो । साउन तेस्रो सातासम्म आइपुग्दा बक्यौता रकम झन्डै २ अर्ब पुगेको छ । यही बक्यौता रकम तिर्न डीडीसीले अर्थ मन्त्रालयसँग गुहार माग्दै आएको छ । उसले सस्तो ब्याजदरमा ६० करोड ऋण माग्दै आएको छ ।किसान र संस्था बचाउन मन्त्रालयले जे पनि गर्न तयार भएको उनले बताए । सुधार गर्नकै लागि मन्त्रालयका सहसचिवलाई डीडीसीको महाप्रबन्धकको जिम्मेवारी दिएको उनले बताए ।

डीडीसीले ८ वटा आयोजनामार्फत दूध संकलन गर्दै आएको छ । करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत ४६ बढी जिल्लाबाट दूध संकलन गरिन्छ । १२ सय सहकारीमा करिब २ लाख किसान परिवारको संलग्नता छ । तर, ती किसानले दूध बेचेको पैसा पाएका छैनन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्