Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णालीमा काँग्रेसका चार मन्त्री सरकारमा सहभागी हुँदै

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ- केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी हुने भएको छ ।

नेकपा एमाले नेतृत्वको सरकारमा काँग्रेसबाट चारजना मन्त्री सहभागी हुने छन् ।काँग्रेस प्रमुख सचेतक हिक्मत विष्टले संसदीय दलका तर्फबाट मन्त्रीहरूको नाम मुख्यमन्त्रीलाई बुझाएको जानकारी दिए ।

शुक्रवार नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशी वीरेन्द्रनगर आएकाले आजै मन्त्रीहरूको शपथको तयारी गरिएको छ ।

काँग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा हुन लागेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्