Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर संसदमा पटाऔँ : उद्योग मन्त्री भण्डारी

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरेको छ । 

शुक्रबार सिंहदरवारमा बसेको समिति बैठकले उक्त विधेयकका सन्दर्भमा संशोधनकर्ता सांसदसँग छलफल गरेको हो ।  सो क्रममा उनीहरूले विद्युतीय व्यापारका मार्फत नेपालको उत्पादनलाई विश्व बजारमा सहज रूपमा निर्यात गर्न सक्ने गरी कानन बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले विद्युतीय माध्यमबाट हुने व्यापारबाट हुनसक्ने ठगिलाई नियन्त्रण गर्न विधेयक निकै महत्त्वपूर्ण हुने बताएका छन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर अघि बढाउन आग्रह गरे। उनले सरकारले तयार गरेका ड्राफ्टमाथि सांसदहरूले दिएका जायज सुझावहरूलाई विधेयकमा समेट्ने प्रतिबद्धता जनाए।

सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवर्द्धन गर्न उक्त विधेयक ल्याएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्