Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन एमाले र काँग्रेसको ह्विप

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन काँग्रेस र एमालेले ह्विप जारी गरेका छन् ।

आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

 

आज साँझ ४ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका हुन् । उक्त बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । सुदूरपश्चिममा काँग्रेसका १८ र एमालेका ११ सांसद छन् । दुवै दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै सोडारीले विश्वासको मत नपाउने निश्चित भएको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्