Nic Ad Nic Ad
Nic Ad Nic Ad

 टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध

शुक्रबार, साउन १८, २०८१

काठमााडौँ  - टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको छ । प्रतिबन्धको कारण र कहिलेसम्मलाई भन्नेबारेमा खुलाइएको छैन । टर्कीका राष्ट्रपतिका सञ्चार प्रमुख फहरेत्तिन अल्तुनको पोस्टमाथि अमेरिकी कम्पनी मेटाद्वारा सञ्चालित इन्स्टाग्रामले सेन्सरसिप गरेपछि प्रतिबन्ध लगाएको हुन सक्ने रोयटर्सको खबरमा उल्लेख छ ।


अल्तुनले हमासका राजनीतिक ब्युरो प्रमुख इस्माइल हानियाप्रति श्रद्धाञ्जली दिइएका पोस्टहरू इन्स्टाग्रामले रोकेको बताउनुभएको थियो । टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनसँग हानियाको निकट सम्बन्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमहरुले जनाएका छन् । टर्कीमा ५ करोडभन्दा बढी इन्स्टाग्राम प्रयोगकर्ता रहेका बताइएको छ ।


अस्ति बुधवार इजरायलले आक्रमण गर्दा इरानको तेहरानमा हमासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हानियाको ज्यान गएको छ । त्यस्तै इजरायली सेनाले आफ्नो कारबाहीमा हमासका सैन्य प्रमुख मोहम्मद देइफसमेत मारिएका बताएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्