Nic Ad Nic Ad
Nic Ad Nic Ad

लक्ष्य पूरा गर्न अहिलेदेखि लागौँ : अर्थमन्त्री

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरूलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । 

अर्थ मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रूपमा निर्धारण गरिएका लक्ष्यहरू पूरा गर्नका लागि आ(आफ्नो जिम्मेवारी अनुसार परिणाम निकाल्न निर्देशन दिएका हुन् । उनले राष्ट्रिय महत्वका, गौरवका आयोजना र प्रतिफल दिने आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१-०८२ बजेट कार्यान्वयन कार्य योजना तयार परेको छ ।

अर्थ मन्त्रालयले अघिल्लो आर्थिक वर्षका लागि १७५ वटा माइलस्टोन निर्धारण गरेको थियो जसमध्ये ५१ वटा सम्पन्न भए भने ९६ वटा जारी अवस्थामा छन् । २८ वटाको काम सुरु हुन सकेन ।  

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे, अर्थ मन्त्रालय अन्तर्गतका निकाय र विभाग प्रमुखहरूले प्रगतिको समीक्षा गर्नुका साथै सुझाव दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्