Nic Ad Nic Ad
Nic Ad Nic Ad

हेटौँडा उपमहानगरद्वारा करका दरमा व्यापक वृद्धि

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ- हेटौँडा उपमहानगरपालिकाले १५औँ नगर सभाबाट करका दरमा व्यापक वृद्धि गरेको पाइएको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ को लागि बहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म गुपचुपमै वृद्धि गरेको पाइएको हो ।साउन लागेपछि कर तिर्न आउँदा सेवाग्राहीले नयाँ करका दर रहेको थाहा पाएपछि वृद्धिको विषय बाहिर आएको छ । जानकारी नै नदिई करका दर वृद्धि भएको विषयमा व्यावसायिक संघसंस्था आन्दोलित बनेका छन् । नगर सभाबाट गुपचुपमै कर बढाइएको उनीहरूको आरोप छ ।

मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ मकवानपुर लगायतका संघसंस्था आन्दोलित छन् । उद्योग वाणिज्य संघले शुक्रबार नगर उपप्रमुख राजेश बानियाँलाई भेटेर कर वृद्धिको निर्णय सच्याउन अनुरोध गरेको छ ।

निर्माण व्यवसायी संघले शुक्रबार मेयर मिनाकुमारी लामा कार्यालयमा नभएकाले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम आइतबारलाई सारेको छ ।

७ असार २०८१ मा सम्पन्न १५ औँ नगर सभाबाट ६ वटा समूहमा विभाजन गरिएको वहालकर ५० प्रतिशतसम्म वृद्धि गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्