Nic Ad Nic Ad
Nic Ad Nic Ad

काम गर्न नसके आफू जिम्मेवारीमा नरहने मन्त्री भण्डारीको घोषणा

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काममा हुने ढिलासुस्तीलाई अन्त्य गर्न मातहतका निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । 

आज मन्त्रालयमा मातहतका महाशाखा, विभाग तथा आयोजना कार्यालयका प्रमुखसँगको समीक्षा बैठकमा उनले काम गर्न नसके मार्ग प्रशस्त गर्न समेत आग्रह गरे । “हामी आगामी कार्यक्रम समय तोकेरै निर्धारण गर्नेछौँ र सोहीबमोजिम कार्य सम्पादन गर्नुपर्छ”, उनले भने, “काम गर्न नसक्नेहरूले बाटो खाली गर्न सक्नुहुन्छ ।” उनले छ महिनामा देखिने गरी कम गर्न नसके आफू पनि जिम्मेवारीमा नरहने बताए ।

चालु खर्च शतप्रतिशत हुने र पुँजीगत खर्च निकै कम हुने गरेको उल्लेख गर्दै उक्त समस्या समाधान हुने गरी काम गर्न आग्रह गरे । “अहिले देखिएका समस्या मलाई भन्नुहोस्, समाधान गर्ने जिम्मेवारी मेरो हो, तर काममा कुनै सम्झौता हुँदैन”, उनले भने, “जनगुनासो नआउने गरी काम गर्न म सबैलाई निर्देशन दिन्छु ।” मन्त्री भण्डारीले मन्त्रालय सुधारका लागि १० दिने अन्तरक्रिया कार्यक्रम समेत राखेका छन् ।  

मन्त्री भण्डारीले अनलाइनबाट सेवा प्रवाह गर्ने उल्लेख गर्दै कुनै पनि व्यवसायी फाइल बोकेर मन्त्रालय आउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले जनशक्ति अभाव भए आफूलाई भन्न पनि आग्रह गरे। 

उनले तीन महिनामा एक तिहाइ काम सम्पन्न गरिसक्न र सोही अनुसार शतप्रतिशत नतिजा दिनका लागि उच्च मनोबलका साथ काममा खटिन आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्