गल्ती सच्याइदिनुस्, मनोबल नघटाइदिनुस् : चन्द्रकला सखी
काठमाडौँ -पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् ।
आज आफ्नो कथावाचनका क्रममा उनले आफूले बोलेको एउटा शब्दलाई लिएर भइरहेको टिकाटिप्पणीप्रति खिन्नता व्यक्त गरिन् ।
आफ्नो कथावाचनको पहिलो दिन ‘गोरुको प्रिय आहारा मयुर’ भनेपछि उनको ट्रोल भइरहेको छ । उनले दोस्रो दिनमा नै गल्ती स्वीकार गरिसकेकी थिइन् । तर, पनि आलोचना नरोकिएपछि आज यस विषयमा उनले लामै प्रष्टीकरण दिइन् । उनले आफूबाट भएको गल्ती सच्याइदिन तर मनोबल नघटाइदिन आग्रह गरिन् ।
आफ्नो अध्ययनको भाषिक पृष्ठभूमिका कारण बोल्दा त्रुटि हुन गएको उनले संकेत गरेकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ २१:१८
प्रतिक्रिया दिनुहोस्