Nic Ad Nic Ad
Nic Ad Nic Ad

डोटीमा गोली लागेर एक जनाको मृत्यु 

शुक्रबार, साउन १८, २०८१

डोटी - डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ । 

जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले जानकारी दिएका छन् ।


सोही ठाउँको घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्न गएका थापाको शुक्रवार बिहान करिब ११ बजेतिर गोली लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

थापा समूहमा सिकार खेल्न गएको प्रारम्भिक जानकारी आएको भए पनि आफूसहितको प्रहरी टोली घटना स्थलमा पुगी थप अनुसन्धान गरिरहेको डिएसपी भट्टराईले बताए । 

बाँकी जानकारी अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्