Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ - संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टिओडी) मिटरको तथ्यांक माग गरेको छ ।

समितिको आजको बैठकले उक्त विवरण माग गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । समितिको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, विद्युत् नियमन आयोगका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उद्योगी तथा व्यवसायीसँग छलफल गरेको थियो ।


पाँच घण्टाभन्दा बढी चलेको सो छलफलका आधारमा समितिले आवश्यक विवरण माग गरेको हो । समितिले डेडिकेटेड र ट्रक लाइन महशुलको विवादका सम्बन्धमा केही दिनभित्र आवश्यक निर्णय गर्ने जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्