Nic Ad Nic Ad
Nic Ad Nic Ad

दाङमा खोलाले अटो बगाउँदा २ जना बेपत्ता, ३ जनाको उद्धार

शनिबार, साउन १९, २०८१

तुलसीपुर (दाङ) - दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गए राति अटोरिक्सा बगाएको छ ।

दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ ।

शुक्रबार राति साढे ७ बजे तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।


बाढीले तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएकाे हो ।तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो ।

अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् ।

अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्