Nic Ad Nic Ad
Nic Ad Nic Ad

खोलाले अटोरिक्सा बगाउँदा बेपत्ता भएकी महिला मृत फेला

शनिबार, साउन १९, २०८१

दाङ -दाङमा शुक्रबार खोलाले अटोरिक्सा बगाउँदा बेपत्ता भएकी तुलसीपुर-४ निवासी ५५ वर्षीया सीता आले मृत भेटिएकी छिन् । उनको शव शनिबार बिहान ८ बजेतिर ग्वारखोलामा भेटिएको हो ।  

शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नम्बरको अटो रिक्सालाई  तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर-४ खाद्रे निवासी ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का खोलामा बेपत्ता भएका थिए । खड्कालाई भने अझै भेटाउन सकिएको छैन । उनको खोजी कार्य भइरहेको छ । 

अटोमा ५ जना सवार थिए । चालक तुलसीपुर-४ खाद्रे निवासी  ४५ वर्षीय हरीकिशन बिक, ३३ वर्षीया सुनिता थापा र ७ बर्षीया सुशान्त आले भने पानीबाट उत्रिन सफल भएका थिए ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्