Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले थाहा पाउँछन् भनेर देउवाले ओलीको फोनसम्म उठाउने काम गर्दैनन् थिए, रोचक छन् कुरा

शनिबार, साउन १९, २०८१

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीचको समीकरणीय सरकार बनेपछि अनेक तथ्यको खुलासा हुन थालेका छन्। 

०७९ को निर्वाचनअघि समीकरण गरी चुनावमा गएका कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत सँगै थिए। त्यसपछिको सरकार गठनमा समेत सोही गठबन्धन सक्रिय रहेको थियो। 

कतिसम्म भने कांग्रेस र एमाले मिल्छन् भन्ने सुइँको प्रचण्डले पाउँछन् भन्ने ठानेर शेरबहादुर देउवाले केपी शर्मा ओलीको फोनसम्म नउठाउने गरेको खुलासा भएको छ। 

देउवाका खास तथा कांग्रेसका सूचना विभागका प्रमुख मिन विश्वकर्माले यस्तो खुलासा गरेका हुन्। एक सार्वजनिक कार्यक्रममा उनले भने,‘कांग्रेसको इमान्दारीतामा जहिले पनि खेल्ने काम गरियो, प्रचण्डजीप्रतिको इमान यतिसम्म थियो कि सभापतिजीले एमाले अध्यक्षको फोन पनि उठाउनु हुन्नथियो, प्रचण्डजीलाई थाहा हुन्छ र नराम्रो मान्नुहुन्छ भनेर। तर प्रचण्डजीले नै पटक–पटक धोका दिनुभयो।’

नयाँ समीकरण बन्नुमा प्रचण्डको भाषणले झस्काएको पनि उनले खुलासा गरेका छन्। उनले भने,‘जादुमयी संख्या भनेर गठबन्धनमा ५ बर्षसम्म एक्लै प्रधानमन्त्री बन्छु भन्ने आशयका साथ प्रचण्डजीले चकचक गर्न थाल्नुभयो।’

रास्वपाका सभापति रवि लामिछानेप्रति इंगित गर्दै विश्वकर्मा थप्छन्,‘जोमाथि अनुसन्धान गर्नुपर्ने उसलाई तत् ततु निकायकै जिम्मेवारी दिएर जान थाल्नुभयो, कांग्रेसले सोच्यो र अहिलेको अवस्था आएको हो।’
 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्