Nic Ad Nic Ad
Nic Ad Nic Ad

दीपकराज गिरी भन्छन्– माग्ने बुढाकै गज्जब छ

शनिबार, साउन १९, २०८१

काठमाडौं– अभिनेता तथा हास्य कलाकार दीपकराज गिरीले केदार घिमिरे (माग्ने बुढा)बारे सामाजिक सञ्जालमा एउटा टिप्पणी गरेका छन्। 

परिवारका सबै सदस्य फिल्म क्षेत्रमा सक्रिय रहेको जानकारी दिँदै गिरीले टिप्पणी गरेका हुन्। 

उनले लेखेका छन्,‘ प्यारो भाइ माग्ने बूढाको यो साल गज्जब हुँदैछ। छोरा आशिष होस्टेल –३ मा हिरो, बुढी सीता ‘सानो संसार’ मा मुख्य भूमिका, आफू छक्का पन्जा ५ मा छँदैछ। बधाई तथा शुभकामना प्रिय पात्रहरूलाई!’

हास्य टेलिश्रृङ्खला मेरी बास्सैबाट सीताराम कट्टेल धुर्मुससँगको जोडी हुँदै घिमिरेले अभिनय क्षेत्रमा सक्रियता देखाएका थिए। उनी अभिनीति फिल्म अहिलेसम्म सफल बन्दै आएका छन्।


 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १०:१९
प्रतिक्रिया दिनुहोस्