Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्थायित्वका लागि दुई ठूला दलको सरकार : उपप्रधानमन्त्री सिंह

शनिबार, साउन १९, २०८१

काठमाडौँ- उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठुला दल काँग्रेस–एमाले मिलेर सरकार बनाएको बताएका छन् । शनिबार नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको भन्दै राजनीतिक अस्थिरताका लागि अहिलेको गठबन्धन बनेको  उनको भनाई थियो । ‘राजनीतिक स्थायित्व र अस्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई  यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ’ उपप्रधानमन्त्री सिंहले भने ,’जिम्मेवारी ठुलो छ । त्यसमा तपाईँहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।’ 

नेपाली काँग्रेस  काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बाग्मति प्रदेशको आन्तरिक  मामिला मन्त्री बनेकोमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्