Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिस नेपालको ग्राण्ड फिनाले आज

शनिबार, साउन १९, २०८१

काठमाडौँ- यस वर्षको मिस नेपालको ग्राण्ड फिनाले आज बेलुका आयोजना हुँदैछ । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्ट सुन्दरी भिड्दैछन् ।

द हिडन ट्रेजरको आयोजनामा हुने फिनालेको प्रत्यक्ष प्रसारण अपराह्न ४ बजेदेखि हिमालय टिभी एचडीले गर्नेछ । समारोहमा मिस इन्टरनेसनलका कार्यकारी निर्देशकदेखि मिस माल्टाको टोलीसहितका अन्तर्राष्ट्रिय पाहुना पनि सहभागी हुनेछन् ।

यस वर्षको मिस नेपालको उपाधि जित्ने प्रतिस्पर्धीले मिस नेपाल-२०२३ की विजेता सृच्छा प्रधानबाट ताज पहिरिनेछिन् । मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलका तीन मुख्य विधाको उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्