Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशलाई प्रयोगशाला हुनबाट जोगाउन काँग्रेस-एमाले मिलेका हौँ : योगेश भट्टराई

शनिबार, साउन १९, २०८१

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले देशलाई नयाँ दिशा दिन काँग्रेससँग सहकार्य गरेको बताएका छन् । ताप्लेजुङ पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अप्ठेरो स्थितिमा रहेको बेलामा काँग्रेस-एमाले मिल्ने गरेको बताए ।

उनले भने, ‘अहिले देशका दुई ठूला पार्टी सरकारमा बसिरहेका छौँ । मुलुकलाई केही नयाँ दिशा दिन नै हामीले यो प्रयत्न गरेका छौँ । देशलाई धेरै प्रयोगशाला नबनाऔँ, पटक-पटक प्रयोगशाला हुँदै आयो, अब त्यसो नगरौँ, दुई पार्टी प्रतिस्पर्धी पनि हौ र इतिहासका निर्माता पनि हौ । इतिहासको कठिन मोडमा देशलाई निकास दिन अग्रसर भएका पार्टी हौँ, शान्ति प्रक्रिया, संविधान निर्माण, लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरामा हामी एक ठाउँमा आएका छौँ र मुलुकलाई सही दिशा दिएका छौँ ।’ नेता भट्टराईले काँग्रेस र एमाले मिलेपछि जनतामा सकारात्मक सन्देश गएको जिकिर गर्दै अर्थतन्त्रलाई लयमा फर्काउने कार्यभार रहेको बताए ।

नेपालको राजनीतिक व्यवस्थालाई अगाडि बढाउन संविधान संशोधन गर्नेसमेत उनले बताए ।

उनले थपे, ‘नेपालको राजनीतिलाई अग्रगामी दिशा दिन संविधानमा केही अग्रगामी सोचका साथ संशोधन गर्नुपर्नेछ । यसका लागि काँग्रेस र एमालेले अग्रसरता लिए पनि संसदमा भएका नभएका राजनीतिक पार्टीहरूलाई समेत साथ लिएर अगा

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्