Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

शनिबार, साउन १९, २०८१

काठमाडौँ- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । 

कँडेलले साउन २१ गते सोमबार संसद्‌बाट विश्वासको मत लिने भएका हुन् । त्यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कँडेलले शनिबार पत्र दर्ता गराएका हुन् ।कँडेलले संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मत लिनेछन् ।  कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलो पटक उनले गत वैशाख १३ गते पहिलो पटक संसद्‌बाट विश्वासको मत पाएका थिए । 

तर केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । कँडेलले अब नेपाली काँग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।

शुक्रबार काँग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भए पनि कँडेलले शपथ गराएका छैनन् । सम्भवतः आइतबार उनीहरूको शपथ हुने छ भने सोमबार विश्वासको मत लिने तयारी कँडेलको छ ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्