Nic Ad Nic Ad
Nic Ad Nic Ad

काभा वुमन्स भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जीत

शनिबार, साउन १९, २०८१

काठमाडौँ - काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जीत निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपालले भारतलाई ३-२ सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-१८ अंकमा जीत हासिल गरेको नेपालले दोस्रो सेट १२-२५ अंकले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५-१७ अंकले जीत निकाल्दै अग्रता लिएको नेपाल चौथो सेटमा १८-२५ ले गुमाउन पुग्यो । पाँचौँ सेटमा १५-१३ ले जीत निकाल्दै नेपालले इतिहास बनाएको हो ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्