Nic Ad Nic Ad
Nic Ad Nic Ad

आश्माले जितिन् मिस नेपाल वर्ल्डको उपाधि

शनिबार, साउन १९, २०८१

काठमाडौँ - मिस नेपाल २०२४ को उपाधि आश्मा कुमारी केसीले जितेकी छन् ।

फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो ।

मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।

अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् । सबैले २५ हजार नगद पुरस्कार हात पारे ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्