Nic Ad Nic Ad
Nic Ad Nic Ad

कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

आइतबार, साउन २०, २०८१

फुङ्लिङ (ताप्लेजुङ ) - जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन् ।

जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको  छ । कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन् भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागु औषधका छ र सवारी दुर्घटना गराएका तीन जना कैदीबन्दी छन् ।


विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार  तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ साना–ठूला  नौ वटा घर छन् ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्