Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु, आफन्तबाट घोराही–तुलसीपुर सडक अवरुद्ध

आइतबार, साउन २०, २०८१

दाङ– ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।


यसैबीच, मृतकका आफन्तले ट्रिपर चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्