Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती नदी किनारमा एक पुरुषको शव भेटियो

आइतबार, साउन २०, २०८१

काठमाडौं - बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०/४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको हो ।

आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्