Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णालीमा कांग्रेसका चार मन्त्रीको शपथ आज

आइतबार, साउन २०, २०८१


काठमाडौं - कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार जना मन्त्रीको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ । गत शुक्रबार नाम पठाएका चार जना मन्त्रीको सपथ कार्यक्रम आज दिउँसो तय गरिएको हो ।


नेकपा माओवादी साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कर्णाली सरकारबाट बाहिरिएपछि खाली भएका मन्त्रालयमा कांग्रेसले संस्थापन पक्षबाट ३ र इतरबाट १ गरी चार जना सांसदको नाम सिफारीस गरेको थियो ।

एमालेको नेतृत्वमा रहेको सरकारमा कांग्रेसले आर्थिक मामीला मन्त्रलायमा जाजरकोटका राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा दैलेखका घनश्याम भण्डारी, पर्यटन उद्योग वन तथा वातावरण मान्त्रालयमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा उर्जा मान्त्रलायका लागि हुम्लाका विजया बुढालाई सिफारीस गरेको हो ।

उनीहरुको आज दिउँसो १ बजे शपथ कार्यक्रम तय गरिएको कर्णाली प्रदेश कांग्रेस प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्