Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ पोखराका मेयर धनराज आचार्यको राजनीतिक सामाजिक पृष्ठभूमी 

आइतबार, साउन २०, २०८१

कास्की– नेकपा एकीकृत समाजवादीका तर्फबाट एउटा मात्र महानगरपालिकामा मेयर निर्वाचित छन्, धनराज आचार्य। पोखरा महानगरमा आक्रामक काम गरिरहेका उनलाई हालै मात्र पार्टीको केन्द्रीय समिति बैठकमा समेटिएको छ। 

नेकपा एकीकृत समाजवादीले १०औं महाधिवेशन काठमाडौंमा गरेको थियो तर केन्द्रीय सदस्यहरूको पूर्णता भने दिएको थिएन। सो क्रममा आचार्यलाई समेत समेटियो।

विद्यार्थी जीवनकालदेखि नै राजनीति गरेका उनले २०३९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता प्राप्त गरेका थिए। 

सोही बर्षदेखि नै प्रारम्भिक कमिटीमार्फत औपचारिक राजनीतिक यात्रामा आचार्यको निरन्तरता रहेको थियो। ‘कम्युनिस्ट पार्टी गठन भई सदस्यता वितरण जारी थियो। यसलाई उचाईमा लैजानका निम्ति रापताप साथ राजनीतिमा आउनुभयो’, आचार्यनजिकका मान्छेहरूले भने,‘०४३ सालसम्म त्यसरी उहाँ प्रारम्भिक कमिटीमा सक्रिय रहनुभएको थियो। 

पोखराको चर्चित पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीमा उनी २०४४ सालदेखि आबद्ध भई अझ गति लिन थाले। ०४५ सालमा विद्यार्थीको जिल्ला कमीटीमा सदस्य भए, त्यसको एक बर्षपछि सचिव बनेका थिए। उनको राजनीतिक रफ्तार यस्तो भयो कि त्यसको एक बर्षपछि २०४७ सालमा उनी विद्यार्थीको जिल्ला कमिटी अध्यक्ष बनेका थिए। ०४८ सालमा त विद्यार्थीको गण्डकी अञ्चल कमिटीको अध्यक्ष बने। 

‘संगठक, इमानदार हिसाबले उहाँले राजनीतिमा फोकस गरेका कारण जिम्मेवारी पनि थपिँदै गयो’, आचार्यका सहकर्मीहरुले भनेका छन्। ०४९ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भएका आचार्य २०५० देखि ०५४ सालसम्म पश्चिमाञ्चल प्रमुख बनेका थिए। ०५८ सम्म भने केन्द्रीय सचिवालयको विभाग प्रमुखका रुपमा आचार्यले काम गरे।

२०४९ देखि ०५१ सम्म स्वतन्त्र विद्यार्यी युनियन पृथ्वीनारायण क्याम्पसको कोषाध्यक्ष रहेका आचार्य ०५३ सम्म भने अध्यक्षका रुपमा रहे। सोही बीचमा स्ववियु काउन्सिलका महासचिव समेत बनिसकेका थिए।

माले पृष्ठभूमीबाट राजनीति गरेका आचार्य ०४२ सालमा माले युवा लीग (वाईएल)मा संगठित थिए। २०४४ मा मालेको सक्रिय दलमा संगठित भएका आचार्य मालेका उम्मेदवार बन्दै विद्यार्थी इलाका कमिटी जेल विभागको जिम्मेवारीमा पुगे। 

२०४५ राष्ट्रिय पञ्चायतका सदस्य प्रत्याहावनविरुद्ध आन्दोलनमा उनी घाइते भएका थिए भने तत्कालिन सरकारले गिरफ्तार पनि गरेको थियो। सो क्रममा दुई बर्षसम्म आचार्य जेलका राजबन्दी र पार्टीबीचको सम्पर्क सुत्रका रुपमा कार्यरत भए। 

२०४७ सालमा नेकपा मालेको संगठित सदस्यता पाएका आचार्य ०४६ देखि ०५१ सम्म पार्टी विद्यार्थी इलाका कमिटीको सदस्य र सचिवको जिम्मेवारीमा रहेका थिए। 

उनको राजनीतिक यात्रा अझ फराकिलो हुँदै माले एकीकरण पश्चात नेकपा एमाले भएपछि २०५२ सालमा कास्की जिल्ला कमिटी सदस्य बने। आचार्य २०५४ सालमा नेकपा माले कास्की जिल्ला कमिटी सचिवालय सदस्य पनि बने। 

२०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यावसाय विभागका प्रमुख रहेका आचार्य ०६४ देखि ०६९ सम्म फ्र्याक्सन इञ्चार्ज रहेका थिए भने ०६९ देखि ०७४ सम्म नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रीय कमिटी अध्यक्षको जिम्मेवारीमा रहेका थिए।

०७१ खेखि ०७६ सम्म नेपाल उद्योग तथा व्यावसायी महासंघको स्थायी कमिटी सदस्य रहेका उनी २०७१ देखि ०७५ सम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य रहेका थिए। 

२०७५ देखि ०७८सम्म आचार्यले नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्यको जिम्मेवारी सम्हाल्दै राजनीतिलाई निरन्तरता दिए। यसबेला माओवादी र एमाले एकीकरण भई नेकपा बनेको थियो।  

जब एमाले र माओवादी ब्युँतियो अनि माधवकुमार नेपालहरूले गरेको विद्रोहमा उनी ०७८ सालमा नेकपा एमाले कास्की समानान्तर जिल्ला कमिटी अध्यक्षको जिम्मेवारीमा रहेका थिए। ०७८ देखि एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका आचार्य गत स्थानीय तहको निर्वाचनका क्रममा गठबन्धनबाट निर्वाचित पोखरा महानगरपालिकाका मेयर छन्। 

आचार्य पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामाग्री उद्योग, स्कुल कलेज संचालन, रसायनिक मल उद्योग, हाइड्रोपावर, कृषि, पर्यटन, बैंकिङ्ग, हस्पिटालिटी जस्ता २ दर्जन व्यवसायिक प्रतिष्ठान हरुमा अध्यक्ष र संचालक तथा प्रमोटरका रुपमा पनि रहेका थिए।  

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका महासचिव हुँदै राष्ट्रिय अध्यक्ष बनिसकेका उनी पोखरा उद्योग वाणिज्य संघका कार्यकारी सदस्य रहेका थिए। उच्च स्तरीय पुस्तक नीती मस्यौदा समितिका सदस्य तथा विज्ञका रुपमा पनि सरकारले उनलाई नियुक्त गरेको थियो। पाठ्यपुस्तक मुल्य निर्धारण समितिमा रहीसकेका उनी पोखरा महानगरका शिक्षा विज्ञ पनि भइसकेका छन्। 

स्व. रविन्द्र अधिकारी स्मृती प्रतिष्ठानका महासचिव रहेका आचार्य पृथ्वीनारायण क्याम्पस व्यवस्थापन समिती सदस्य पनि भइसकेका छन्। पढाऔं अभियान नेपालका सुत्राधार, कोष संस्थापक आचार्य एक सफल मेयर हुन्। 

उनी लोकनाथ आचार्य स्मृती छात्रवृती कोष, कास्कीका संरक्षक हुन् भने ऋषिलक्ष्मी लायन्स छात्रवृती अक्षय कोषका संस्थापक पनि हुन्। 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्