Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिकित्सकको विशेष परीक्षाको नतिजा प्रकाशित, ९१ प्रतिशत उत्तीर्ण

आइतबार, साउन २०, २०८१

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिवार (साउन १७ र १८) लिएको चिकित्सकको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ ।

काउन्सिलका अनुसार यसपटक ९१.४५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण भएको प्रतिशत सम्भवतः अहिलेसम्मकै बढी हो ।काउन्सिलका अनुसार कुल ९७० जनाले फारम भरे पनि ९६६ जना सहभागी थिए । ती मध्ये ८७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका छन् । ६ जनाको नतिजा विथहेल्डमा राखिएको छ ।

यसपटक परीक्षामा कुल ४० विषयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । यसपटक फ्रेस विद्यार्थीहरू आएको र डिएमएमसीएचको तयारीमा रहेका पनि सहभागी भएकोले नतिजा राम्रो आएको काउन्सिल जनाएको छ ।

परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा दुई दिन दुई सिफ्टका दरले सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्