Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी र एकीकृत समाजवादीबीच एकता हुनसक्छ : झलनाथ खनाल

आइतबार, साउन २०, २०८१

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार र सिद्धान्तमा सहमत भए माओवादी केन्द्रसँग एकता हुन सक्ने बताएका छन् ।

उनले वैचारिक, राजनीतिक, कार्यदिशा र कार्यक्रममा सहमत भए एकता हुन सक्ने बताएका हुन् । तर त्यसमा तत्काल सहमत हुन सम्भावना नदेखिएको उनको भनाइ छ । यद्यपि माओवादीसहित सबै वामपन्थीहरूसँग कार्यगत एकता हुने खनालले दाबी गरेका छन् ।

हिजो एमाले र माओवादीबिच फगत सत्ताको लागि मात्र एकता भएकाले दिगो नभएको उनको टिप्पणी छ । नेपाल अहिले समाजवादी क्रान्ति र रूपान्तरणमा प्रवेश गरेकाले प्रधान अन्तर्विरोध र प्रधानसत्रु छुटाउनुपर्ने उनको तर्क छ ।

अहिलेको प्रधानसत्रु दलाल तथा पुँजीवादको मुख्य नाइके काँग्रेस भएको भन्दै उनले पुँजीवादसँग लडाइँ लड्न सबै वामपन्थीबिच एकता हुनुपर्ने बताए ।

साथै उनले मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवाद (जबज) काम नलाग्ने सिद्धान्तलाई एमालेले मार्गदर्शक सिद्धान्त मानेर केपी ओलीले तीन लाख सदस्यलाई ठगिरहेको आरोप लगाए । जबजको दास बनेर ठगिएका कार्यकर्ता देखेर आफूलाई अचम्म लागेको उनको भनाइ थियो ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्