Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्र सचिव लम्साल सोमबार ओमान जाने

आइतबार, साउन २०, २०८१

काठमाडौं– परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट जाने भएकी छन् ।

सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ  प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनेछिन्  । र उनी यही साउन २५ गते स्वदेश फर्किने छिन् ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार