Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकीकृत समाजवादीका नेता यादव एमालेमा प्रवेश

आइतबार, साउन २०, २०८१

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्रीसमेत बनिसकेका यादव अन्य ३० जना नेता कार्यकर्तासहित आइतबार एमाले प्रवेश गरेका हुन् ।

उनीसहित मधेश प्रदेशबाट विभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराए ।

त्यस क्रममा अध्यक्ष ओलीले इमान्दारिताका साथ पार्टी, देश र जनतामा केन्द्रीत भई काम गर्न आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्