Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

आइतबार, साउन २०, २०८१

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पहिलो पटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्