Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

आइतबार, साउन २०, २०८१

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई जना सदस्य नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।

सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई मन्त्रीस्तरीय निर्णय गर्दै आइतबार पदमुक्त गरेसँगै उनीहरु नियुक्त भएका हुन्। कार्की यसअघि पूर्व ऊर्जा सचिव भइसकेका छन् । गुरुङ चाहिं ऊर्जा विज्ञ हुन् ।

प्राधिकरण र उद्योगीबीचको विवादमा बक्यौता नउठाई छ वटा उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै पुन र आचार्यले सञ्चालक समिति बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए।


 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार