Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवरुद्ध घोराही–तुलसीपुर सडक सञ्चालनमा

आइतबार, साउन २०, २०८१

 काठमाडाैं -टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयको विरोधका कारण अवरूद्ध घोराही–तुलसीपुर सडकखण्ड पाँच घण्टापछि सञ्चालनमा आएको छ ।

टिपर व्यवसायी समिति र मृतकका परिवारबीच क्षतिपूर्ति दिने सहमति भएपछि सवारी आवागमन सुरू भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । शुक्रबार बेलुका घोराहीको सौरीकुला नजिककै टिपरको ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका–९ मछाही घर भई घोराही–१५ मा बस्दै आएका ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो । टिपर चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले आज बिहान ६ बजेदेखि सडकअवरूद्ध गरेका थिए । मृतकका आफन्त र टिपर व्यवसायी समितिबीच छलफलपछि अवरूद्ध सडक खुलाउने सहमति भएको हो । शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेत सवार बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही १० अम्राई नजिकै ठक्कर दिएको हो । बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्