Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा धार्मिक कार्यक्रममा पर्खाल भत्किँदा ९ बालबालिकाको मृत्यु

आइतबार, साउन २०, २०८१

नयाँदिल्ली - भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा ९ बालबालिकाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । 

मध्य प्रदेशको राजधानी भोपालबाट करिब २०५ किलोमिटर उत्तरपूर्वमा पर्ने सागर जिल्लाको शाहपुर गाउँमा पर्खाल भत्किएको हो ।


‘आइतबार शाहपुरको हरदौल बाबा मन्दिर नजिकै भएको दुःखद घटनामा १० देखि १५ वर्ष उमेर समूहका ९ बालबालिकाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । मन्दिरको छेउमा रहेको घरको भित्ता ढल्दा धार्मिक कार्यक्रममा सहभागी हुन मानिसहरू मन्दिरमा जम्मा भएका थिए’, एक प्रहरी अधिकारीले भने ।

पचास वर्ष पुरानो र जीर्ण घर बर्खायाममा भारी वर्षाका कारण भत्किएको उनले बताए ।

घटनालगत्तै उद्धार र भग्नावशेषमुनिबाट मृतकलाई निकाल्न प्रकोप प्रतिकार्य बलका जवानहरू र प्रहरी टोली घटनास्थलमा पठाइएको अधिकारीहरूले जनाएका छन् ।

घाइते बालबालिकालाई उपचारका लागि अस्पताल लगिएको छ ।

त्यसैगरी शनिबार भएको राज्यको रीवा जिल्लामा एक अर्को घरको पर्खाल भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ । पाँचदेखि सात वर्ष उमेर समूहका ती बालबालिका विद्यालयबाट फर्कँदै गर्दा पर्खाल भत्किएको थियो । (

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्