Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्राउन सुगर कारोबारको आरोपमा १३ जना पक्राउ

आइतबार, साउन २०, २०८१

विराटनगर- ब्राउन सुगरको कारोबार गरेको आरोपमा मोरङ र झापाको विभिन्न स्थानबाट एकै दिन १३ जना पक्राउ परेका छन् ।

शनिबार मोरङबाट ४ र झापाबाट ९ व्यक्ति ब्राउन सुगर सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।झापाको विर्तामोड नगरपालिका-५ का ३२ वर्षीय विजय मगर, ३७ वर्षीय विदुर मगर, मेचीनगर नगरपालिका-९ का ४५ वर्षीय शेरबहादुर लिम्बु र माई नगरपालिका-२ इलामका ३० वर्षीय रूपेश ढुङ्गानालाई १ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

चुलाचुली गाउँपालिका-३ इलाम घर भई दमक नगरपालिका-५ मा बस्दै आएका २६ वर्षीय अगम राई र कमल गाउँपालिका-५ का ३६ वर्षीय जीवन लिम्बुलाई ५ ग्राम ब्राउन सुगर र नगद २९ हजार ४५० रुपैयाँसहित इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाले मेचीनगर नगरपालिका-९ का २६ वर्षीय अजय धिमाललाई १ ग्राम ब्राउनसुगर र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ बाट ५५० मिलिग्राम ब्राउन सुगर सहित इलाम चुलाचुली-३ का २८ वर्षीय विवेक राईलाई पक्राउ गरेको हो ।

मोरङबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-१० मा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बीआर ३८ डी ७८८९ नम्बरको मोटरसाइकल चालक रङ्गेली नगरपालिका-७ का २४ वर्षीय अबय शाह र सुनवर्सी नगरपालिका-७ का १९ वर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी कानेपोखरी गाउँपालिका-२ बाट बीआर ३८ एबी ४१३५ नम्बरको मोटरसाइकल चालक भारत अररियाका २१ वर्षीय मोहम्मद इसराख गमिरलाई ४ ग्राम ९५ मिलिग्राम ब्राउन सगुर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-९ बाट स्थानीय २७ वर्षीय विशाल राई ८३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार