Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई लेनभन्दा साना सडक नबनाउन प्रधानमन्त्रीको निर्देशन

आइतबार, साउन २०, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा नयाँ आयोजना नथप्न निर्देशन दिएका छन् ।

सडक विभागले आइतबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले थालेको काम सक्ने सरकारको प्राथमिकता भएको बताए । रणनीतिक महत्वको भनिएका सडकमा समेत १५ वर्षमा १५ प्रतिशत मात्र काम भएको भन्दै उनले चालु आयोजना सम्पन्न गर्नेतर्फ लाग्न भनेका हुन् ।‘नयाँ बाटाहरु थाल्ने काम नगरौँ’ सडक विभागले देखाएको हालका सडक आयोजनाको सूची देखाउँदै प्रधानमन्त्रीले भने, ‘अहिले चालु रहेका आयोजनाहरू सकौँ, छिटो सकौँ । जे निर्माण गर्छौ स्तरीय गरौँ ।’

उनले दुई लेन भन्दा साना सडक नबनाउन समेत निर्देशन दिएका छन् । ‘डबल लेनभन्दा सानो बाटो बनाउँदै नबनाऊँ’, उनले भने, ‘जसो तसो बाटो बनाउने होइन, बाटो र मान्छे दुबैको सुरक्षाको प्रबन्धसहित सडक बनाउनुपर्छ ।’

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्